Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सिट बाँडफाँटको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

सिट बाँडफाँटको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

  • आइतवार, भाद्र १९ २०७९

  • 369
    SHARES

  • सिट बाँडफाँटको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं । सत्ता गठबन्धन दल आगामी निर्वाचनमा सिट बाँडफाँटबारे निर्णायक छलफलमा जुटेका छन् । पार्टीभित्र दुई दिनसम्म छलफल गरेका दलहरु आज पनि छलफलमा जुट्दैछन् ।

    गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यस्तै, आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दुई शीर्ष नेताबीच सिट बाँडफाँटबारे समान धारणा बनाउनेबारे छलफल भएको छ ।

    त्यसअघि प्रधानमन्त्री देउवाले हिजो साँझ आफ्नै पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको थियो । गठबन्धनमा कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका छन् ।

    तर बिहीबारको बैठकमा दलहरुबीच सहमतिका विभिन्न खाकामाथि छलफल भएको छ । आजको छलफलले सहमति जुटाउन सक्ने नेताहरुले बताएका छन् ।


    आइतवार, भाद्र १९ २०७९१२:३५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij