Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पुस्तक अध्ययन गर्दा भावना बुझ्नुपर्दछ : राजेश हमाल

पुस्तक अध्ययन गर्दा भावना बुझ्नुपर्दछ : राजेश हमाल

  • शुक्रवार, भाद्र १७ २०७९

  • 659
    SHARES

  • पुस्तक अध्ययन गर्दा भावना बुझ्नुपर्दछ : राजेश हमाल

    काठमाडौं । महानायक राजेश हमालले पुस्तकको अध्ययन गर्दा यथार्थ र वास्तविकता खोज्ने नभइ व्यक्त भावनालाई बुझ्न जरुरी रहेको बताउनुभएको छ ।

    शुक्रवार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    महानायक हमालले कतिपय ठाउँमा पुस्तकमा आफूसँग मेल नखाने परिवेश र सोचाई हुने भन्दै पुस्तकमा व्यक्त गरिएको शब्दको भावनामा डुबेर पुस्तक अध्ययन गर्न सुझाव दिनुभयो। उहाँले कुनैपनि सशक्त पुस्तकले जुनकुनै परिवेशमा चित्रण गरिएको भएपनि राम्रोसँग लेखिएको पुस्तकले आफ्नै भावना र सोच बुझ्न मद्दत पु¥याउने बताउनुभयो।

    महानायक हमालले पुस्तकमा अध्यताले आफ्नै सोच, आफ्नै परिवेश जस्तो खोज्न बेकार रहको बताउनुभयो। हरेक राम्रा पुस्तकले आफ्ना अनुभवलाई बढाएर हेर्नेकुरामा जोड दिने गरेको बताउनुभयो । महानायक हमालले पुस्तक बाआमाले आफ्नो जीवनकालका हरेक अनुभवलाई पुनः स्मरण गराएको बताउनुभयो ।


    शुक्रवार, भाद्र १७ २०७९०६:३१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij