Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयक जस्ताको तस्तै पठाउनु राष्ट्रपतिको अपमानः वामदेव गौतम

नागरिकता विधेयक जस्ताको तस्तै पठाउनु राष्ट्रपतिको अपमानः वामदेव गौतम

  • शुक्रवार, भाद्र १७ २०७९

  • 554
    SHARES

  • नागरिकता विधेयक जस्ताको तस्तै पठाउनु राष्ट्रपतिको अपमानः वामदेव गौतम

    काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनु राष्ट्रपतिको अपमान हुने बताउनुभएको छ ।

    राष्ट्रियसभा बैठकमा नागरिकता विधेयकका सम्बन्धमा विधायन व्यवस्था समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै गौतमले राष्ट्रपतिले बुँदागत रुपमा उठाएका विषयलाई सम्बोधन गरेरमात्र विधेयक अघि बढाउनुपर्ने तर्क गर्नुभयो ।

    उहाँले प्रतिनिधिसभाले राष्ट्रपतिबाट फिर्ता भएको विधेयकलाई जस्ताको तस्तै पारित गरेर राष्ट्रपतिको अपमान गरेको जिकिर गर्दै राष्ट्रियसभाले सो विधेयकलाई विधायन समितिमा पठाउँदा आफू खुसी भएको बताउनुभयो । तर विधायन समितिले पनि राष्ट्रपतिबाट उठाइएका विषयलाई सम्बोधन नगरेको उहाँको गुनासो थियो ।

    राष्ट्रपतिले सन्देशमा उठाएका कुनै पनि बुँदा बेठिक नरहेको उहाँले बताउनुभयो । ‘त्यसमा हामीले पुनर्विचार गर्नु पर्थ्यो । जसरी प्रतिनिधिसभामा पारित भयो, यहाँ पनि त्यसरी नै पास हुने देखिन्छ,’ उहाँले भन्नुभयो ।

    त्यस्तै उहाँले अंगीकृत नागरिकताका सवालमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।


    शुक्रवार, भाद्र १७ २०७९०५:२६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij