काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रामवीर मानन्धरले प्रतिनिधिसभाको शून्य समयमा नबोल्ने घोषणा गर्नुभ्रएको छ ।
आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले विगतमा पटक–पटक शून्य समयमा बोलेको तर, बोलेका विषयहरुमाथि सरकारको तर्फबाट जवाफ र सम्बोधन नआएको उल्लेख गर्दै शून्य समयमा उठेका विषयहरुको व्यवस्थित जवाफ नआउँदासम्म शून्य समयमा नबोल्ने घोषणा गर्नुभएको हो ।
‘मैले यो जिरो आवरमा धेरै पटक उठाएका कुराहरुको जवाफ समिति बनाउने अभियान थियो त्यसका कुनै अचित्यतता रहेन । जिरो हावरमा उठेका कुराहरुको केही हुँदैन भने जिरो आवरको एक मिनेट भएपनि हामी किन नजोगाउने ?’ मानन्धरको प्रश्न छ ।
त्यस्तै उहाँले उसैमा थप्दै भन्नुभयो, ‘सभामुख मार्फत म यो जानकारी गराउन चाहन्छु– उठाएका कुराहरुको जबसम्म व्यवस्थित जवाफहरु आउँदैनन तबसम्म बोलेर औचित्य नभएको जिरो आवरमा म अब अर्को पटकदेखि नबोल्ने जानकारी गराउन चाहन्छु ।’