काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ ।
हिजोदेखि सुरु भएको बयान आज पनि जारी रहने छ । समितिले हिजो ४३ प्रश्न सोधेकोमा जबराले चार घण्टा लगाएर ४ वटा मात्रै प्रश्नको मात्रै जवाफ दिनुभएको थियो ।
जवाफका क्रममा जबराले आफ्नो बचाऊ गर्नुका साथै आफू विरुद्ध लाग्नेहरुका नियत र ब्यवहारको पनि फेहरिस्त प्रस्तुत गर्नुभएको थियो ।
जबराले आफूविरुद्धको महाभियोग प्रस्ताव नै निष्क्रिय भइसकेको दाबी गर्दै आफुलाई न्याय दिन समितिसंग आग्रह गर्नुभएको थियो । महाभियोग प्रस्ताव निष्क्रिय भइसके पनि आफू संसद्को सम्मानका लागि नागरिकको हिसाबले उपस्थित भएको उहाँको भनाइ थियो ।
आफूमाथि लागेको अभियोगको प्रस्ताव संविधान र नियमावली संसद्ले पारित नगरेकाले समितिबाटै आफूले न्याय पाउनुपर्ने उहाँको माग छ ।