Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी बर्खास्त

सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी बर्खास्त

  • बुधवार, भाद्र १५ २०७९

  • 516
    SHARES

  • सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी बर्खास्त

    काठमाडौं । सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त हुनुभएको छ ।

    नेकपा एकीकृत समाजवादीका नेतासमेत रहनुभएका उहाँलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गर्नुभएको उहाँका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिनुभएको छ ।

    चौधरी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाएको कुँवरले बताउनुभयो ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर पुग्नुभएको छ । उहाँले एकीकृत समाजवादीका नेता तारा लामा तामाङलगायतका नेताहरुलाई पार्टी प्रवेश गराउँदैहुनुहुन्छ । त्यस क्रममा चौधरी पनि पार्टी प्रवेश गर्ने सूचना पाएको सुदूरपश्चिमका सत्तारुढ दलका नेताहरुले बताएका छन् ।


    बुधवार, भाद्र १५ २०७९०२:३१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij