Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीका प्रदेश सांसद तामाङलाई कारबाही गर्न सिफारिस

एकीकृत समाजवादीका प्रदेश सांसद तामाङलाई कारबाही गर्न सिफारिस

  • मंगलवार, भाद्र १४ २०७९

  • 2.3K
    SHARES

  • एकीकृत समाजवादीका प्रदेश सांसद तामाङलाई कारबाही गर्न सिफारिस

    काठमाडौं । एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री तारा लामा तामाङलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।

    प्रदेश कमिटी उपसचिव पदमा रहेका तामाङ पार्टी विरुद्धका गतिविधीमा संलग्न रहेको भन्दै प्रदेश कमिटीले साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो।

    प्रदेश सभा सदस्य तामाङले प्रदेश सभा बैठकमै बोल्दै अब उप्रान्त नेपाल कम्यूनिस्ट पार्टी (एकीकृत समाजवादी)मा नरही निर्वाचित भएको पार्टी नेकपा एमालको सदस्य हैसियतले प्रस्तुत रहने भनी धारणा व्यक्त गर्नुभएको थियो ।

    सार्वजनिक रुपमा समेत उहाँले आफू अब एमालेको सांसदका रुपमा प्रस्तुत हुने भनेर बताउनुभएको थियो ।

     


    मंगलवार, भाद्र १४ २०७९०५:२९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij