Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

निर्वाचनका लागि थप १५ हजार म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी

निर्वाचनका लागि थप १५ हजार म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी

  • सोमवार, भाद्र १३ २०७९

  • 526
    SHARES

  • निर्वाचनका लागि थप १५ हजार म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी

    काठमाडौं । सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि थप १५ हजार जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।

    निर्वाचनमा मतदानस्थल र मतदाता सङ्ख्या बढ्ने भएकाले पालिकाको चुनावमा भन्दा धेरै म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । गएको वैशाख ३० गते भएको पालिकाको चुनावमा एक लाख जना म्यादी प्रहरी भर्ना भएका थिए ।

    नेपाल प्रहरीले प्रदेश र प्रतिनिधि सभाको चुनावमा १ लाख २० हजार जना म्यादी प्रहरी भर्नाको प्रस्ताव गरेको भए पनि अर्थ मन्त्रालयले पाँच हजार घटाएर बजेटको सुनिश्चितता गरेको हो ।

    सुरक्षा निकायलाई बजेट तय गरी अर्थले त्यससम्बन्धी पत्र हिजो गृह मन्त्रालयमा पठाएको छ । जसअनुसार १ लाख १५ हजार म्यादी प्रहरी ४० दिन खटिँदा लाग्ने झण्डै ६ अर्ब रुपैयाँ बजेटको सुनिश्चितता दिइएको छ ।

    चुनावी सुरक्षाका लागि अर्थ मन्त्रालयबाट बजेटको सुनिश्चितता आएको र त्यसले सुरक्षा योजना बनाउन सहज हुने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो । यस्तै म्यादी प्रहरीको सङ्ख्या जस्तै चुनावमा खटिने प्रहरीको सङ्ख्या पनि यसपटक धेरै हुनेछ ।

    यसपटक सरकारी कर्मचारी तथा कैदीले पनि मतदान गर्न पाउने भएकाले मतदानस्थल र मतदान केन्द्र बढ्ने निर्वाचन आयोगले जनाएको छ । पालिकाको चुनावमा ६२ हजार प्रहरी खटिएकोमा यसपटक ७२ हजार प्रत्यक्ष खटिने निर्वाचन आयोगले जनाएको छ ।


    सोमवार, भाद्र १३ २०७९०९:४८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij