काठमाडौं । पाल्पा जिल्ला स्थायी घर भई काठमाडौंमा औषधिको थोक व्यवसायमा संलग्न युवा व्यवसायी सुरज पौडेल नेपाल औषधि थोक व्यवसायी संघ (PDAN) को केन्द्रीय सचिवमा निर्वाचित हुनुभएको छ।
भाद्र ३ र ४ गते काठमाडौंमा सम्पन्न नेपाल औषधि थोक व्यवसायी संघ(PDAN) को प्रथम साधारण सभा र महाधिवेशन बाट केन्द्रीय सचिव पदमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
महाधिवेशनले औषधि थोक व्यवसायी महासंघको अध्यक्ष शिवराज बास्कोटासहित उपाध्यक्षमा श्रीराम पराजुली र माधव अधिकारी, महासचिवमा गणेश नेपाल, सचिवमा सुरज पौडेल, कोषाध्यक्ष विनोदप्रसाद ढकाल लगायत सर्वसम्मत चयन गरेको छ।