Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

मिचाहा वर्गलाई कानून मिचेर मोटाई रहन नदिने मेयर साहको भनाइ

मिचाहा वर्गलाई कानून मिचेर मोटाई रहन नदिने मेयर साहको भनाइ

  • आइतवार, भाद्र १२ २०७९

  • 346
    SHARES

  • मिचाहा वर्गलाई कानून मिचेर मोटाई रहन नदिने मेयर साहको भनाइ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मिचाहा वर्गलाई कानून मिचेर मोटाई रहन नदिने बताउनुभएको छ ।

    पछिल्लो समय महानगरभित्र बनेका अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिनुभएका मेयर साहले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो । अब मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाइ रहन नदिने भन्दै उहाँले विज्ञप्तिमा आवश्यकता र औचित्यको आधारमा कार्यकारीणी शक्तिको प्रयोग गरेर विधिको शासन स्थापित गर्ने बताउनुभएको छ ।

    सकेसम्म मिचाहा प्रवृत्तिको रोकथाम गर्ने र रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरूपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प महानगरसँग खुला रहेको उहाँको भनाइ छ । अनाधिकृत निर्माण, अतिक्रमण तथा गलत प्रयोगलाई रोक्न अहिले महानगर रोकथाम तथा नियन्त्रण सम्बन्धी कारबाहीको चरणमा रहेको पनि उहाँले प्रष्ट पार्नुभएको छ ।

    अनाधिकृत संरचना हटाउन महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकारको प्रयोग गरेको उहाँको तर्क छ । अनाधिकृत निर्माण कार्य वा आफैंले गरेको कबुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको दायित्व भएको समेत जारी विज्ञप्तिमा भनिएको छ ।


    आइतवार, भाद्र १२ २०७९११:२०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij