Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

महाअभियोग सिफारिस समितिले माग्यो चोलेन्द्रविरुद्धका प्रमाण

महाअभियोग सिफारिस समितिले माग्यो चोलेन्द्रविरुद्धका प्रमाण

  • शुक्रवार, भाद्र १० २०७९

  • 334
    SHARES

  • महाअभियोग सिफारिस समितिले माग्यो चोलेन्द्रविरुद्धका प्रमाण

    काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धका आरोपका प्रमाणहरू माग गरेको छ ।

    समितिको सचिवालयले आज सार्वजनिक सूचना जारी गरि तीन दिनभित्र प्रमाण तथा कागजात उपलब्ध गराउन सरोकारवाला व्यक्ति र निकायलाई आग्रह गरेको हो ।

    समितिको ८ भदौको बैठकले महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा सरोकारवालासँऊ प्रमाण, कागजात माग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार समितिले प्रमाण र कागजात माग गरेको हो ।

    चोलेन्द्र शम्शेरविरुद्धको महाअभियोग प्रस्ताव अहिले प्रतिनिधि सभाबाट गठित सिफारिस समितिमा पुगेको छ । समितिले काम अघि बढाएको छ । यही भदौ १५ गते चोलेन्द्रसँग सोधपुछ गर्ने मिति तय गरेको छ ।


    शुक्रवार, भाद्र १० २०७९०१:१७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij