काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ । हिजो साँझ बसेको बैठक टुंगोमा पुग्न नसके पछि साँझ ५ फेरि बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न शीर्ष नेताहरू छलफलमा बस्न लागेका हुन् । गठबन्धनले बनाएको कार्यदलले बाँडफाँडको टुंगो लगाउन नसकेपछि केही दिनदेखि शीर्ष नेता छलफलमा जुटेका छन् ।
हिजोको बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला नै अस्वस्थताका कारण उपस्थित हुनु भएन । भोलिसम्म सिट बाँडफाँडको विषयलाई टुंग्याउने मानसिकतासहित छलफल भइरहेको नेताहरुको भनाइ छ ।