Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सिटको भागबण्डा मिलाउन कार्यदलको बैठक आज पनि बस्दै

सिटको भागबण्डा मिलाउन कार्यदलको बैठक आज पनि बस्दै

  • मंगलवार, भाद्र ७ २०७९

  • 385
    SHARES

  • सिटको भागबण्डा मिलाउन कार्यदलको बैठक आज पनि बस्दै

    काठमाडौं । सरकारमा रहेका दलहरूबीच आगामी प्रदेश र सङ्घको चुनाव केन्द्रीत सिट बाँडफाँडको बारेमा छलफल गर्न कार्यदलको बैठक आज पनि बस्दै छ ।

    सत्ता गठबन्धनभित्र प्रदेश र प्रतिनिधि सभा चुनावका लागि सिट बाँडफाँटको विषय चुनौतीपूर्ण बन्दै गएको छ । केही दिन यता शीर्ष नेता र कार्यदलका सदस्यबीचमा यसबारेमा निरन्तर छलफल भइरहे पनि कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्ने बारेमा टुङ्गो लाग्न नसकेका कारण आज फेरि बैठक बस्न लागेको हो ।

    यसअघि हिजो बसेको बैठकले सिट बाँडफाँडबारे सहमति जुटाउने भने पनि बैठक निस्कर्षविहीन भएको थियो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकबाट सिट बाँडफाँटबारे टुङ्गोमा पुग्ने बताउनुभयो ।


    मंगलवार, भाद्र ७ २०७९०८:५२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij