Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगले आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्दै

निर्वाचन आयोगले आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्दै

  • सोमवार, भाद्र ६ २०७९

  • 551
    SHARES

  • निर्वाचन आयोगले आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्दै

    काठमाडौं । निर्वाचन आयोगले आज सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने भएको छ ।

    सोमबार बिहान साढे ११ बजेका लागि तय गरिएको छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा दललाई बोलाइएको हो । निर्वाचन आचारसंहिता परिवर्तनको विषयमा छलफल हुने बुझिएको छ ।

    आयोगले निर्वाचन आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी गरेको छ । त्यस्तै आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको चुनाव चिन्ह मात्रै मतपत्रमा समावेश गर्ने पनि निर्वाचन आयोगले जनाएको छ ।

    आगामी निर्वाचनमा संघको १ सय ६५, प्रदेशतर्फ ३ सय ३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी ५ सय ३ प्रकारका मतपत्र छपाइ हुनेछ ।


    सोमवार, भाद्र ६ २०७९०९:१६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij