Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्ने

प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्ने

  • सोमवार, भाद्र ६ २०७९

  • 314
    SHARES

  • प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्ने

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने छ। आजको बैठकले कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्नेछ।

    प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा गिरिप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोक प्रस्ताव पारित गर्ने उल्लेख छ।

    गिरि २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट पहिलोपटक सांसदमा निर्वाचित भएका थिए। साथै २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य थिए। यस्तै २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

    क्यान्सर रोगबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो। आइतबार उनको पशुपति आर्यघाटमा अन्त्यष्टि भएको छ।


    सोमवार, भाद्र ६ २०७९०७:४०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij