Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

विप्लवका कार्यकर्ताले जनक शिक्षा सामग्री केन्द्र कर्णालीका प्रमुखलाई दले​ कालोमोसो

विप्लवका कार्यकर्ताले जनक शिक्षा सामग्री केन्द्र कर्णालीका प्रमुखलाई दले​ कालोमोसो

  • आइतवार, भाद्र ५ २०७९

  • 1.2K
    SHARES

  • विप्लवका कार्यकर्ताले जनक शिक्षा सामग्री केन्द्र कर्णालीका प्रमुखलाई दले​ कालोमोसो
    काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलिएको छ । शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि कर्णालीमा पाठ्यपुस्तक नपुर्‍याएको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ निकट नेकपाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले केसीलाई कालोमोसो दलेको हो । 
     
    विद्यार्थी संगठनका केन्द्रीय सदस्य समेत रहेका सुर्खेत जिल्ला इञ्चार्ज तुलाराम तिरुवाले एक विज्ञप्ति जारी गर्दै केसीलाई जनकारबाही गरिएको बताउनुभयो । उहाँले मनोमानी तरिकाले पुस्तक वितरण गरी पुस्तक व्यवसायीसँग करोडौं कमिसन खाएको, हुम्ला, जुम्ला, डोल्पा लगायतका दुर्गम जिल्लाको विल बनाई किताब सुर्खेतमा वितरण गरेको र लाखौं रकम ढुवानीबाट कमिसन खाएको आरोप लगाउनुभएको छ । साथै उहाँले सरकारी कार्यालयलाई निजी पैतृक सम्पत्तिको रुपमा प्रयोग गर्ने र कार्यालयमा विवाह, व्रतबन्ध जस्ता कार्यक्रम गरेको आरोप लगाउनुभयो ।  
     
    यता जिल्ला प्रहरी कार्यालयका अनुसार केसीलाई उहाँको कार्यकक्षमै कालोमोसो दलिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुरज कार्कीले कालोमासो दल्ने व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिनुभयो।


    आइतवार, भाद्र ५ २०७९०७:४१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij