Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

  • आइतवार, भाद्र ५ २०७९

  • 556
    SHARES

  • कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे १० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।

    समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा गएराति साढे ९ बजे निधन भएको हो ।

    गिरीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिने र बिहान ११ः३० बजेदेखि दिउँसो २ः०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    यसपछि उहाँको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । नेता गिरीको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शोक वक्तब्य निकालेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।


    आइतवार, भाद्र ५ २०७९०९:३४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij