Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवाद्वारा प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री देउवाद्वारा प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त

  • आइतवार, भाद्र ५ २०७९

  • 443
    SHARES

  • प्रधानमन्त्री देउवाद्वारा प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

    प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भन्नुभएको छ “नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु।”

    उहाँले नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताउनुभयो ।

    प्रधानमन्त्री देउवाले दिवंगत नेता गिरीको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

    क्यान्सर रोगबाट पीडित नेता गिरीको शनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो।


    आइतवार, भाद्र ५ २०७९०७:२५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij