Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी अस्पतालमा

प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी अस्पतालमा

  • शनिवार, भाद्र ४ २०७९

  • 708
    SHARES

  • प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी अस्पतालमा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले शनिबार ललितपुरको मेडिसिटी अस्पतालमा पुगेर गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

    बिहान अस्पतालमा पुग्नुभएकी राष्ट्रपति भण्डारीलाई अस्पताल सञ्चालक समितिका अध्यक्ष उपेन्द्र महतोले नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएको थियो । राष्ट्रपति भण्डारीले करिब एक घण्टासम्म अस्पतालमै रहेर परिवारका सदस्यहरूसँग कुराकानी गर्नुभएको थियो ।

    राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले राष्ट्रपति भण्डारीले शनिबार बिहान अस्पतालमा पुगेर नेता गिरीको स्वास्थ्य लाभको कामना गरेको जानकारी दिनुभयो ।

    घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।


    शनिवार, भाद्र ४ २०७९०१:४९:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij