Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरू भइसक्यो : प्रचण्ड

कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरू भइसक्यो : प्रचण्ड

  • बिहिवार, भाद्र २ २०७९

  • 462
    SHARES

  • कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरू भइसक्यो : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरू भएको बताउनुभएको छ ।

    आज पार्टी कार्यालय पेरिस डाँडामा आयोजित रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले समाजवादी विचारलाई सफल बनाउन बाम आन्दोलनलाई एकीकृत गर्ने प्रक्रिया सुरू भएको बताउनु भएको हो ।

    अहिले भईरहेका सकारात्मक समाचारले मात्रै नपुग्ने भन्दै उहाँले चुनावपछि कम्युनिष्ट एकीकरण र ध्रुबीकरण सुरू हुने बताउनुभयो । माओवादी पार्टीमा ठूलो विचलन आएको स्वीकार्दै प्रचण्डले अहिले पनि क्रान्तिकारी पार्टी बन्ने सम्भावना रहेको बताउनुभयो ।

    यस्तै उहाँले आफ्नो पार्टी पहिलेको जस्तो नरहेको बताउनु भएको छ । पछिल्लो समय व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको पनि उहाँको भनाइ छ ।

    अहिले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्रतिस्पर्धा गर्नेतिर नभइ आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर बढी केन्द्रित हुने गरेको उहाँले बताउनुभयो ।


    बिहिवार, भाद्र २ २०७९११:१८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij