Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सिट बाँडफाँडको विषयमा छलफल गर्न गठबन्धनका शिर्ष नेताहरूको बैठक बस्दै

सिट बाँडफाँडको विषयमा छलफल गर्न गठबन्धनका शिर्ष नेताहरूको बैठक बस्दै

  • बिहिवार, भाद्र २ २०७९

  • 395
    SHARES

  • सिट बाँडफाँडको विषयमा छलफल गर्न गठबन्धनका शिर्ष नेताहरूको बैठक बस्दै

    काठमाडौं । सत्ता गठबन्धनका शिर्ष नेताहरूको बैठक आज बस्दैछ । सिट बाँडफाँडका लागि गठन भएको कार्यदलले १० दिनमा पनि कुनै प्रगति गर्न नसके पछि शिर्ष नेताहरूको बैठक आज बस्न लागेको हो ।

    सिट बाँडफाँडको आधार र सङ्ख्याको प्रारम्भिक खाका बनाउने जिम्मा पाएका कार्यदल संयोजक कृष्णप्रसाद सिटौलले हिजोको बैठकमा प्रस्ताव पेस नगरेपछि गठबन्धनका शिर्ष नेताको बैठक बोलाइएको छ ।

    बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कार्यदलका सदस्य राम सहाय प्रसाद यादवले बताउनुभयो । कार्यदल गठन भएयता ४ बैठक बसेपनि सिट बाँडफाँडको आधारलाई लिएर काँग्रेस र अन्य चार दलबीच सहमति बन्न सकेको छैन । सोही कारण साउन मसान्तभित्र प्रारम्भिक प्रस्ताव बनाउने जिम्मा पाएको कार्यदल निष्कर्षविहीन अवस्थामा छ ।

    हिजो बसेको कार्यदल बैठकमा संयोजक सिटौलाले शिर्ष तहमा छलफल गरेर प्रारम्भिक खाका ल्याउने तयारी गरे पनि आधारको विषय नै टुङ्गो लाग्न नसकेपछि खाका प्रस्तुत हुन सकेन । मुख्य आधार नै टुंगिन नसकेपछि कसले कति सिट पाउने भन्ने विषयमा अन्योल देखिएको छ ।


    बिहिवार, भाद्र २ २०७९०९:३१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij