Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

प्रतिनिधिसभाको बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

  • बिहिवार, भाद्र २ २०७९

  • 283
    SHARES

  • प्रतिनिधिसभाको बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

    काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज नै पारित गर्ने तयारी छ ।

    राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय सत्ता गठबन्धनले यसअघि नै गरिसकेको छ ।

    गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने संसद सचिवालयको सम्भावित कार्यसूची छ ।

    राष्ट्रपति भण्डारीले २९ साउनमा सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गर्नुभएको थियो ।


    बिहिवार, भाद्र २ २०७९०७:०२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij