Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको कोइराला समूहले गर्‍यो खबरदारी सभा– भ्रातृ संस्थालाई पूर्णता दिन माग 

कांग्रेसको कोइराला समूहले गर्‍यो खबरदारी सभा– भ्रातृ संस्थालाई पूर्णता दिन माग 

  • बुधवार, भाद्र १ २०७९

  • 463
    SHARES

  • कांग्रेसको कोइराला समूहले गर्‍यो खबरदारी सभा– भ्रातृ संस्थालाई पूर्णता दिन माग 
    काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीका भ्रातृ संस्थाहरूलाई पूर्णता दिन माग गरेको छ । बुधबार(आज) काठमाडौंमा खबरदारी सभाको आयोजना गर्दै कोइराला समूहका तरुण, विद्यार्थी, महिलालगायत भ्रातृ संस्थाका नेताहरूले पार्टी नेतृत्वले भ्रातृ संस्थामा एकलौटी गर्दा पार्टी र संगठनलाई क्षति पुगेको गुनासो गरेका छन् । 
     
    कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीलाई चलायमान राख्न भ्रातृ संस्थाहरूलाई पूर्णता दिन आवश्यक हुने बताउनुभयो । ‘भ्रातृ संस्थाहरूको वर्षौँदेखि अधिवेशन हुन सकेको छैन । अधिवेशन नभएका भ्रातृ संस्थाहरूलाई अहिले केन्द्रीय समितिले निर्णय गरेर सभापतिजीलाई गठन गर्ने अधिकार दिइएको छ,’ केसीले भन्नुभयो, ‘सबै अधिकार उहाँलाई दिएका छौं । र पनि गर्नुहुन्नँ ।’
     
    अहिलेसम्म गठन भएका भ्रातृ संस्थामा समेत सभापति शेरबहादुर देउवाले एकलौटी पदाधिकारी नियुक्त गरेकोमा कोइराला समूहले विरोध गर्दै आएको छ ।
     
    १३ औँ महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएपछि अधिकांश भ्रातृ संस्थाको अधिवेशन हुन सकेको छैन । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, किसान संघलगायत दर्जनौं भ्रातृ संस्थाका पदाधिकारीले पार्टीको नेतृत्वको असहयोगकै कारण महाधिवेशन समेत गर्न नसकेर पदमुक्त भएका छन् । १४ औँ महाधिवेशनपछि सभापति देउवाले हालसम्म छ वटा भ्रातृ संस्थामा अध्यक्ष मात्रै नियुक्त गर्नुभएको छ । तर, चुनावको मुखमा ती भ्रातृ संस्थालाई पूर्णता दिन सकेका छैनन् ।
     
    कोइराला समूहले बाँकी रहेका भातृ संस्थाको नेतृत्व आफूहरूले पाउनुपर्ने माग गरेको छ भने अध्यक्ष नियुक्त भइसकेका भ्रातृ संस्थामा सबै पक्षलाई समेटेर पदाधिकारी नियुक्त गर्नुपर्ने माग गरेको छ ।
     
    खबरदारी सभामा केन्द्रीय सदस्यहरू मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइरालालगायत नेताहरूले सम्बोधन गरेका थिए ।
     


    बुधवार, भाद्र १ २०७९०७:४५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij