Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

महाभियोग सिफारिस समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार, के छ मस्यौदामा ?

महाभियोग सिफारिस समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार, के छ मस्यौदामा ?

  • बुधवार, भाद्र १ २०७९

  • 490
    SHARES

  • महाभियोग सिफारिस समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार, के छ मस्यौदामा ?
    काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठकमा आन्तरिक कार्यविधिको मस्यौदा तयार गरिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि बुधबार(आज) बसेको समितिको बैठकले आन्तरिक कार्यविधिको मस्यौदा तयार गरेको हो ।
     
    समितिको आन्तरिक कामकारबाही सुव्यवस्थित र प्रभावकारी बनाउन आवश्यक भएकाले प्रतिनिधिसभा नियमावली‚ २०७५ को नियम १६३ को उपनियम (५) ले दिएको अधिकार प्रयोग गरी उक्त कार्यविधि बनाइएको कार्यविधिमा उल्लेख गरिएको छ ।
     
    हाल कायम रहेको प्रतिनिधि सभाको कार्यकाल रहुञ्जेलसम्म कायम रहने महाअभियोग सिफारिस समितिको पहिलो जिम्मेवारी भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावमाथि छानबिन गर्ने छ । 
     
    समितिको आन्तरिक कार्यविधिको मस्यौदामा आरोपी (महाअभियोग लगाउने प्रस्ताव भएका व्यक्ति)सँग बयान लिने व्यवस्था गरिएको छ । 
     
    उक्त व्यवस्थाअनुसार समितिले हाल महाअभियोग लगाउन प्रस्ताव भएका राणासँग बयान लिने भएको छ । आन्तरिक कार्यविधिको दफा १० को देहाय (क)मा आरोप लागेका व्यक्तिलाई समितिमा उपस्थित गराइ सोधपुछ गर्ने, जानकारी लिने वा बयान गराउने उल्लेख गरिएको छ । 
     
    यस्तै, आरोप लागेका व्यक्तिलाई कुनै लिखित वा कागजात पेस गर्न आदेश दिने व्यवस्था पनि कार्यविधिमा गरिएको छ । 
     
    समितिको कार्यविधिमा आरोप लागेका व्यक्तिलाई सफाइ पेस गर्ने मौका दिने व्यवस्था पनि गरिएको छ । 

    यस्तो छ समितिको कार्यविधि: 


    बुधवार, भाद्र १ २०७९०३:३५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij