काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । बिहान ८ बजेका लागि बोलाइएको बैठक दिउँसोको १ बजेका लागि सरेको हो ।
नेताहरु आन्तरिक छलफलमा संलग्न रहेकाले बैठक सरेको बताइएको छ । यसअघि हिजो बसेको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई माओवादीको चुनाव चिह्नबाट आउँदो चुनाव लड्न दिने निर्णय गरेको थियो ।
सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटका लागि बनेको कार्यदलले बुझाउने प्रतिवेदन र आफ्नो दाबीबारे आजको बैठकमा विस्तृत छलफल हुने बताइएको छ । आज नै गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ ।