Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

  • बुधवार, भाद्र १ २०७९

  • 515
    SHARES

  • सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

    काठमाडौं । सङ्घ र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँटका लागि गठन भएको गठबन्धनको कार्यदलको बैठक आज बस्दैछ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकले सङ्घीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्ने कार्यदलमा सहभागी नेताहरूले बताएका छन् ।

    २०७४ सालको निर्वाचन र गत ३० बैशाखको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँटमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँडको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।


    बुधवार, भाद्र १ २०७९०८:४८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij