काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
समितिको सभाकक्ष सिंहदरबारमा बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा कारागार विधेयक २०७६ को सम्बन्धमा दफावार छलफल हुने कार्यसूची छ ।
छलफलका लागि विभिन्न मन्त्रालयका मन्त्रीदेखि सचिवलगायतलाई बोलाइएको समितिले जनाएको छ ।