Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विचार नै नमिल्नेहरुको गठबन्धनसँग एमाले एक्लै लड्छ र जित्छ : कृष्णभक्त पोखरेल

विचार नै नमिल्नेहरुको गठबन्धनसँग एमाले एक्लै लड्छ र जित्छ : कृष्णभक्त पोखरेल

  • बुधवार, भाद्र १ २०७९

  • 803
    SHARES

  • विचार नै नमिल्नेहरुको गठबन्धनसँग एमाले एक्लै लड्छ र जित्छ : कृष्णभक्त पोखरेल

    काठमाडौं । नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले विचार नै नमिल्नेहरुको गठबन्धनसँग एक्लै लडेर हराउने दाबी गर्नुभएको छ । पाँच दलीय गठबन्धनमा फरक–फरक विचारधारका व्यक्ति रहेको बताउँदै नेता पोखरेलले अब बामदेव र बाबुराम माओवादीमा समाहित हुँदा कुनै औचित्य नरहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भन्नुभयो, ‘गठबन्धन एउटा मुद्दाका लागि हुनप¥यो, के मुद्दाका लागि गठबन्धन ? माओवादी र कांग्रेसमा के कारणले मिलन हुन सक्छ ? भोलि जादा साझ मुद्दा के हो ? सरकार बनाएर हामी यो काम गर्छौ भन्ने एजेण्डा र साझा घोषणापत्र नै नभएकालाई जनताले के का आधारमा र किन भोट दिने ? ।

    आगामी संघीय निर्वाचनपछि नेकपा एमाले राम्रो पोजिसनका साथ सिंहदरवारको मुल ढोकाबाट प्रवेश गर्ने नेता पोखरेलको भनाइ छ ।

    यस्तै नेता पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लागेको महाअभियोग प्रस्ताव पाँच महिनापछि त्यो पनि निर्वाचनको मुखमा केहि गरेनन् भन्नेबाट बच्नको लागि ल्याइएको आरोप लगाउनुभएको छ ।

    प्रतिनिधिसभा महाभियोग सिफारिस समितिको बैठक आज बस्दै छ । निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमा छानबिन गर्ने जिम्मेवारी पाएको समितिको बैठक बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा बस्ने सिफारिस समितिका सदस्य समेत रहनुभएका पोखरेलले जानकारी दिनुभयो । पक्ष वा विपक्षमा नरहेर निश्पक्षरुपमा छलफललाई अगाडि बढाउने उहाँको भनाइ छ ।
    आजको बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुनेछ ।

    २२ फागुनमा गठन भएको समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा। शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।

    प्रतिनिधिसभाले २२ साउनमा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा पठाए पनि सदस्यहरूको व्यस्तताले नौ दिनसम्म बैठक बस्न सकेको थिएन ।


    बुधवार, भाद्र १ २०७९०७:३८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij