Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सकियो कार्यदलको बैठक, के भयो सहमति ?

सकियो कार्यदलको बैठक, के भयो सहमति ?

  • सोमवार, श्रावण ३० २०७९

  • 766
    SHARES

  • सकियो कार्यदलको बैठक, के भयो सहमति ?

    काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ ।

    सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र कार्कीले भन्नुभयो, ‘छलफल जारी नै छ । अहिलेसम्म सहमति भएको छैन । अब अर्को बैठक बुधबार ४ बजे बस्छ ।’ कार्यदलको बैठकमा अहिलेसम्म ठोस रुपमा छलफल अगाडि नबढेको कांग्रेस महामन्त्री गगन थापाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अहिलेसम्म ठोस रुपमा छलफल भएको छैन । बुधबार ठोस रुपमा छलफल हुन्छ होला ।’ मंगलबार आन्तरिक र अन्तरपार्टी छलफल गर्ने कार्यदलका सदस्यको तयारी छ । पाँच दल एकै ठाउँमा बस्दा गाँठो फुकेन । भोलि हामी आफू र अरु दलसँग बस्छौँ ।


    सोमवार, श्रावण ३० २०७९०७:३४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij