Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले कांग्रेसका जनप्रतिनिधिलाई रात्रिभोज दिँदै

प्रधानमन्त्रीले कांग्रेसका जनप्रतिनिधिलाई रात्रिभोज दिँदै

  • सोमवार, श्रावण ३० २०७९

  • 511
    SHARES

  • प्रधानमन्त्रीले कांग्रेसका जनप्रतिनिधिलाई रात्रिभोज दिँदै

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अभिमुखीकरण कार्यक्रमका लागि देशभरबाट आएका पार्टीका जनप्रतिनिधिलाई सोमबार रात्रिभोज दिने हुनुभएको छ ।

    उहाँले सोमबार राति ललितपुरको हेरिटेज गार्डेनमा रात्रिभोज दिन लाग्नुभएको हो। हेरिटेजमै कांग्रेसका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम सोमबारदेखि सुरु भएको छ । आफ्नै खर्चले काठमाडौं आउने र बसोबासको व्यवस्थापन मिलाएर आएका जनप्रतिनिधिलाई प्रधानमन्त्रीले स्वागत गर्दै रात्रिभोज दिने कार्यक्रम रहेको कांग्रेस पार्टी कार्यालयले जनाएको छ।

    जनप्रतिनिधिलाई सोमबार विषय विज्ञले प्रशिक्षण दिएका छन् भने मंगलबार महामन्त्रीद्वय र प्रवक्ताले प्रशिक्षण दिएपछि कार्यक्रम सम्पन्न हुनेछ ।


    सोमवार, श्रावण ३० २०७९०२:३५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij