Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रहरी समायोजनको माग गर्दै आज पनि मधेशका मन्त्रीहरू धर्नामा

प्रहरी समायोजनको माग गर्दै आज पनि मधेशका मन्त्रीहरू धर्नामा

  • सोमवार, श्रावण ३० २०७९

  • 465
    SHARES

  • प्रहरी समायोजनको माग गर्दै आज पनि मधेशका मन्त्रीहरू धर्नामा
    काठमाडौं । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै आन्दोलनरत मधेश प्रदेश सरकारका मन्त्रीहरूले सोमबार(आज) पनि धर्नालाई निरन्तरता दिएका छन् ।
     
    आजको धर्नामा अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, जसपाका सचेतक शैलेन्द्र यादव, पूर्व राज्यमन्त्री सुरेश मन्डलसहितकाले सहभागिता जनाएका छन् ।
     
    उनीहरू प्रदेश प्रमुखको कार्यालय अगाडि टेन्ट टाँगेर धर्ना दिइरहेका छन् । प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । यो आन्दोलन अन्तर्गत आइतबारदेखि एक सातासम्म दैनिक २ घण्टा धर्ना दिइने कार्यक्रम उनीहरूले तय गरेका छन्।


    सोमवार, श्रावण ३० २०७९०१:५२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij