Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

  • सोमवार, श्रावण ३० २०७९

  • 509
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

    बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य, आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन्।

    डा. भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाउनु भएको छ ।

    सो मौखिक सहमतिलाई लिखित रुपमा औपचारिकता दिने तयारीसमेत भइरहेको छ । आज साँझसम्म लिखित सहमति गर्ने तयारीका साथ गृहकार्य भइरहेको बताइएको छ ।

     


    सोमवार, श्रावण ३० २०७९०८:३८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij