Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

त्रिविमा नेविसंघको तालाबन्दीविरुद्ध अनेरास्ववियुले सुरु गर्‍यो हस्ताक्षर अभियान

त्रिविमा नेविसंघको तालाबन्दीविरुद्ध अनेरास्ववियुले सुरु गर्‍यो हस्ताक्षर अभियान

  • आइतवार, श्रावण २९ २०७९

  • 291
    SHARES

  • त्रिविमा नेविसंघको तालाबन्दीविरुद्ध अनेरास्ववियुले सुरु गर्‍यो हस्ताक्षर अभियान
    काठमाडौं ।  सत्तारुढ नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा पटक/पटक गरेको तालाबन्दीको विरोधमा प्रतिपक्ष अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आइतबार(आज)देखि हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।
     
    विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्ताक्षर बुझाउने उद्देश्यले सोमबारसम्म संकलन गरिने अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिनुभयो । त्रिविमा भइरहेको अराजकता र तालाबन्दीविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरिएको अनेस्ववियुले जनाएको छ ।
     
    नेविसंघले गत असार २७ मा त्रिविको रजिस्ट्रारको कार्यालय, केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ । अनेरास्ववियुले उक्त तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान सञ्चालन गरेको हो । यसअघि पनि करिब डेढ सय दिनसम्म नेविसंघ र आंशिक प्राध्यापक संघले त्रिवि उपकुलपतिलगायत पदाधिकारीको कार्यालयमा तालाबन्दी गरेका थिए ।


    आइतवार, श्रावण २९ २०७९०२:५८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij