Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

  • आइतवार, श्रावण २९ २०७९

  • 474
    SHARES

  • गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
    काठमाडौं ।  प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको आइतबार(आज)को बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गर्ने क्रममा सांसदहरूको गणपूरक संख्या ६९ नपुगेपछि स्थगित भएको हो। 
     
    सांसदहरू हाजिर गरेर बाहिरिएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ । गणपूरक संख्याको प्रश्न नेमकिपाका सांसद प्रमुख सुवालले उठाउनुभएको थियो । त्यसपछि सांसदहरूको उपस्थिति गणना गर्दा ६७ सांसद मात्रै बैठक हलमा थिए ।
     
    कुनै पनि विधेयक निर्णयार्थ प्रस्तुत गर्नका लागि सम्पूर्ण संख्याको एक चौथाइ अर्थात् ६९ सांसद उपस्थित हुनुपर्छ । प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गणपूरक संख्या ९० थियो ।
     
    प्रतिनिधिसभाको आजको बैठकले काठमाडौं उपत्यका सार्वजनिक यातायात र बिमा विधेयक पारित गरेको छ ।


    आइतवार, श्रावण २९ २०७९०२:४१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij