Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

आगामी संघ र प्रदेशको निर्वाचनका लागि १० अर्ब खर्च हुने आयोगको अनुमान

आगामी संघ र प्रदेशको निर्वाचनका लागि १० अर्ब खर्च हुने आयोगको अनुमान

  • आइतवार, श्रावण २९ २०७९

  • 333
    SHARES

  • आगामी संघ र प्रदेशको निर्वाचनका लागि १० अर्ब खर्च हुने आयोगको अनुमान

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ ।
    निर्वाचन आयोगले आज सम्पादकहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित १० अर्ब खर्च हुने बताउनुभयो ।

    सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरिसकेको छ । सो चुनावका लागि आवश्यक तयारी निर्वाचन आयोगले गरिरहेको छ ।

    आगामी निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ । मतदान स्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ ।


    आइतवार, श्रावण २९ २०७९१०:००:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij