Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले राजनीतिलाई प्रतिस्पर्धाबाट दुश्मनीतर्फ लग्यो : ओली

कांग्रेसले राजनीतिलाई प्रतिस्पर्धाबाट दुश्मनीतर्फ लग्यो : ओली

  • शनिवार, श्रावण २८ २०७९

  • 803
    SHARES

  • कांग्रेसले राजनीतिलाई प्रतिस्पर्धाबाट दुश्मनीतर्फ लग्यो : ओली
    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुश्मनीतर्फ लगेको आरोप लगाउनुभएको छ । 
     
    लोकतान्त्रिक शेर्पा सङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले सत्तारुढ गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर शत्रुता गर्न खोजिरहेको आरोप लगाउनुभएको हो । 
     
    ‘लोकतन्त्रमा शत्रुता हुँदैन । अहिलेको गठबन्धनवालाहरू प्रतिस्पर्धा गर्न आँट गरिरहेका छैनन्, शत्रुता गर्न खोजिरहेका छन्’ ओलीले भन्नुभयो ।
     
    विगतमा जातीय, क्षेत्रीय, नारा लगाउनेहरू अहिले राजनीतिमा दुश्मनी गर्न लागेको बताउनुभयो । ‘राजनीतिमा प्रतिस्पर्धा गरौं न मारामार किन गर्ने, चुनाव लडौं न मारामार किन गर्ने, भोट खसाऔं न गठबन्धनकाले एक्लै लड्न कसैले आँट गरेनन्’ ओलीको भनाई छ । 
     
    कांग्रेसको आलोचना गर्दै ओलीले कांग्रेस लौरो टेकेर पनि अडिन नसक्ने भएको टिप्पणी गर्नुभयो। ‘लोकतन्त्रलाई कांग्रेसले गलत दिशामा लैजान खोजिरहेको छ, प्रतिस्पर्धातिर होइन’ उहाँले भन्नुभयो, ‘दुष्मनीतर्फ लडाइँ झगडातर्फ लैजान खोजेको छ । जुन देशका लागि अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ ।’
     
    मुलुकको राजनीतिकलाई दुश्मनीतर्फ लैजाँदा बाह्य शक्तिले फाइदा लिन सक्ने ओलीले बताउनुभयो । 


    शनिवार, श्रावण २८ २०७९०५:२६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij