Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

 ‘काँग्रेस ८० सिटसम्म मान्छ होला’ : प्रचण्ड

 ‘काँग्रेस ८० सिटसम्म मान्छ होला’ : प्रचण्ड

  • शनिवार, श्रावण २८ २०७९

  • 1.2K
    SHARES

  •  ‘काँग्रेस ८० सिटसम्म मान्छ होला’ : प्रचण्ड
    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटको बारेमा छलफल भएको छ । शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलमा भएको प्रगतिबारे छलफल भएको हो ।
     
    स्थायी समिति सदस्य लीलामणि पोखरेलका अनुसार बैठकमा कार्यदलका सदस्यहरूले हालसम्म भएको छलफलबारे रिपोर्टिङ गरेका थिए । बैठकमा नेपाली काँग्रेस लगायत दलहरूले राखेका आ–आफ्नो दाबी बारे सदस्यहरूले जानकारी दिएको पोखरेलको भनाई छ ।
     
    कार्यदलका सदस्यहरूको कुरा सुनेपछि पार्टी अध्यक्ष प्रचण्डले काँग्रेस सिट बाँडफाँटमा ८० सिटसम्ममा मान्न सक्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।  ‘अध्यक्षले कुन–कुन नेतालाई टिकट दिने र कुन–कुन क्षेत्र छाड्न नहुने विषयमा पनि धारणा राख्नुभयो, उहाँले भन्नुभयो । 
     
    आजको बैठकमा भएको छलफल अनुसार नै कार्यदलका सदस्यहरूलाई गठबन्धनको कार्यदलको बैठकमा कुरा राख्न आग्रह गर्नुभयो,’ पोखरेलले बताउनुभयो । त्यस्तै आजको बैठकमा प्रचण्डले आफ्नो जापान भ्रमणको बारेमा पनि स्थायी समिति सदस्यहरूलाई ब्रिफिङ गरेका थिए ।


    शनिवार, श्रावण २८ २०७९०१:३९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij