Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

शेखर कोइराला पक्षीय नेताहरुको बैठक पनि बस्दै

शेखर कोइराला पक्षीय नेताहरुको बैठक पनि बस्दै

  • शनिवार, श्रावण २८ २०७९

  • 424
    SHARES

  • शेखर कोइराला पक्षीय नेताहरुको बैठक पनि बस्दै

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूह पक्षीय नेताहरुको बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरिरहेको भन्दै कोइरालाले बैठक बोलाउनुभएको हो ।

    देउवाले आफूहरुलाई पेलेको तथा पार्टीभित्र कुनै सल्लाह नगरेर अघि बढेको भन्दै कोइराला समूहले आज शनिबार दिउँसो बैठक बोलाएको हो ।

    बैठकमा देउवाविरुद्धको रणनीति तय हुने बताइएको छ । बैठकमा आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यलाई बोलाइएको एक नेताले जानकारी दिनुभयो । सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै, पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षीय नेताहरुको आरोप छ ।

    देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने कोइराला समूहको तयारी छ । देउवाले नेविसंघ, महिला संघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति महासंघमा नयाँ नेतृत्व चयन गर्नुभएको छ ।

    कोइराला समूहले सुरूमा नेविसंघ र तरुणमध्ये कुनै एकमा आफूले नेतृत्व पाउनुपर्ने माग राखेको थियो । यस्तै, किसान र दलित संघमा पनि नेतृत्व चाहेको थियो । तर, कुनैमा पनि कोइराला समूह अटेको छैन । यस्तै, चुनावी रणनीतिका सन्दर्भमा पनि कोइराला समूहको बैठकमा छलफल हुने बताइएको छ ।


    शनिवार, श्रावण २८ २०७९०८:१२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij