Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

शीतल निवास अगाडि निहारिकाद्वारा आत्मदाह प्रयास, प्रहरीले जोगायो

शीतल निवास अगाडि निहारिकाद्वारा आत्मदाह प्रयास, प्रहरीले जोगायो

  • शुक्रवार, श्रावण २७ २०७९

  • 1000
    SHARES

  • शीतल निवास अगाडि निहारिकाद्वारा आत्मदाह प्रयास, प्रहरीले जोगायो

    काठमाडौं । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन् ।

    निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

    निहारिकाले गत २० साउनबाट आमरण अनशन सुरू गरेकी थिइन् । वसन्तपुर डबलीमा अनशन बसिरहेकी उनले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन् ।

    आज वसन्तपुरमा प्रहरी नभएको मौका पारेर उनी एकजना साथीसहित ट्याक्सीमा निस्केकी थिइन् । बाटोमै उनले एक लिटर पेट्रोल र लाइटर खरिद गरिन् । उनी शीतलनिवास आउँदै गरेको सूचना पाएका प्रहरी अलर्ट अवस्थामा थिए । निहारिकाले प्रहरीलाई अल्मल्याउनका लागि शीतलनिवास पुग्नुभन्दा केही अगाडि साथी र बच्चालाई ट्याक्सीबाट ओरालिन् ।


    शुक्रवार, श्रावण २७ २०७९०४:०९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij