Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

  • शुक्रवार, श्रावण २७ २०७९

  • 588
    SHARES

  • अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश
    काठमाडौं । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गर्नुभएको छ । उहाँलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिनुभएको छ । 
     
    मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरू महेन्द्र यादव, उदयशमशेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए ।
     
    अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताउनुभएको छ ।  ‘म यसअघि कुनै पनि पार्टीमा आबद्ध थिइनँ । पहिलो पटक काँग्रेस आबद्ध भएको हुँ,’ उहाँले भन्नुभयो, ‘कांग्रेसले नेपालमा लोकतन्त्रका लागि सङ्घर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो । अब बुझ्दै जाँदा अरूभन्दा कांग्रेस नै ठीक लाग्यो ।’
     
    साथै उहाँले कांग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएको समेत बताउनुभयो ।  ‘धेरै अग्रज र सम्मानित कलाकारहरू कांग्रेसमा हुनुहुन्छ, यसले पनि मलाई कांग्रेस मन परेको हो,’ उहाँले भन्नुभयो ।
     
    उहाँले आफू युवा भएकाले तरुण दलमार्फत युवाका पक्षमा काम गर्न चाहेको बताउनुभयो । अभिनेता शाहीले द्रव्य, सौर्य, हँसिया, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको बिहे, कृ, हुर्रे, लिलीबिली, पुरानो बुलेटलगायत दुई दर्जन बढी चलचित्रमा अभिनय गर्नुभएको छ ।


    शुक्रवार, श्रावण २७ २०७९०३:२५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij