Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विश्वास दिलाएँ : परराष्ट्रमन्त्री खड्का

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विश्वास दिलाएँ : परराष्ट्रमन्त्री खड्का

  • बिहिवार, श्रावण २६ २०७९

  • 512
    SHARES

  • चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विश्वास दिलाएँ : परराष्ट्रमन्त्री खड्का

    काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले चीन भ्रमणका क्रममा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको विश्वास दिलाएको बताउनुभएको छ ।

    चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्केका उनले आफूले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएको बताउनुभएको हो ।

    ‘मैले मेरो समकक्षीलाई एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको बताउँदै हाम्रो भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको छु’ उहाँले स्वदेश फर्केपछि जारी गरेको प्रेसनोटमा भन्नुभ्रएको छ ।

    चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निशर्त समर्थन रहेको बताएका परराष्ट्रमन्त्री खड्काले बताउनुभयो ।

    परराष्ट्रमन्त्री खड्काले चीनसँग प्रतिनिधिमण्डलस्तरको वार्तामा द्विपक्षीय व्यापार, सम्पर्क सञ्जाल, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, प्रकोप व्यवस्थापन, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धजस्ता क्षेत्रमा थप सहयोग प्रवद्र्धन गर्ने विषयमा दुवै पक्ष सहमत भएको बताउनुभएको छ ।

    साउन २४ गते चीन भ्रमणमा गएका खड्का दुई दिनपछि बिहीबार स्वदेश फर्किनुभएको हो ।

     


    बिहिवार, श्रावण २६ २०७९०८:२०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij