काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको हो ।
कार्यदलका सदस्य देव गुरुङले भन्नुभयो ‘ सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउने बारे आज छलफल भएको छ ।
कार्यदलमा आज छलफल भएको विषयमा पाँच दलले आ–आफ्नो पार्टीभित्र पनि छलफल गर्ने बताउनुभयो ।
उहाँले मंसिर ४ गते हुने चुनावका लागि पाँच दलीय गठबन्धन कायम रहने समेत बताउनुभयो । गठबन्धनको अर्को बैठक ३० साउनमा बस्ने उहाँले जानकारी दिनुभयो ।