काठमाडौं । पर्सा, बारा, रौतहट र सर्लाहीमा ५७ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
पर्साका ४२ , बाराका १२, रौतहटका २ र सर्लाहीका १ जनामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालामा ३ सय ८ वटा स्वाब नमुना परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो ।
संक्रमितमध्ये १७ जना महिला छन् ।