काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । चुनावी रणनीति बारे छलफल गर्न बैठक आज मध्यान्ह १२ बजे बोलाइएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।
स्थानीय चुनावको समीक्षा, समसामयिक राजनीतिक, आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी रणनीतिका विषयमा सचिवालय बैठकमा छलफल हुने उपाध्यक्ष शाक्यले बताउनुभयो ।
यस्तै आजको बैठकले केन्द्रिय कमिटी कहिले बस्ने भन्ने पनि मिति तय गर्ने छ । एमाले केन्द्रीय सचिवालयमा अध्यक्षसहित १९ पदाधिकारी छन् ।