काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक पनि आज बस्दैछ ।
दिउँसो १ बजेको लागि बोलाइएको बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति सम्बन्धमा छलफल हुने समितिले जनाएको छ ।
आजै दिउँसो २ बजेका लागि राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको छ ।
बैठकमा कारागार विधेयक २०७६ का सम्बन्धमा सैद्धान्तिक छलफल हुनेछ । छलफलको लागि गृह मन्त्रीदेखि विभिन्न निकायका प्रतिनिधिलाई बोलाइएको समितिले जनाएको छ ।