काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले स्वार्थी गठबन्धनबाट नितीहिनता र विचारविहिनताको अवस्थामा देश चलाउन खोजिएको आरोप लगाउनुभएको छ ।
नेता थापाले देश भनेकै गठबन्धन हो भन्ने गलत शन्देश दिन खोजिएको विरुद्धमा एमाले आफ्ना स्पष्ट निती र विचारका साथ जनताको सहयोग र समर्थनमा निर्वाचन लड्न चाहने बताउनुभयो ।
आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनमा जनताले एमालेलाई साथ दिने नेता थापाकोे विश्वास रहेको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले देशको मुद्दा र विकासको निम्ती नभइ नितान्त आफ्नो स्वार्थ र पदपुर्तीका लागि गठबन्धन लागिपरेको आरोप लगाउनुभयो ।
देश र जनताका लागि कस्ले काम गरिरहेका छन् कस्ले लुटिरहेका छन् भन्ने सबै कुरा जनताले हेरिरहेको र मुल्याङकन गरिरहेकाले अब निर्वाचनमा यसको नतिजा देखिने पनि नेता थापाको भनाइ छ ।