Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमाले अझै बलियो छ, वैशाखी आवश्यक पर्दैन : प्रदीप ज्ञवाली

एमाले अझै बलियो छ, वैशाखी आवश्यक पर्दैन : प्रदीप ज्ञवाली

  • मंगलवार, श्रावण २४ २०७९

  • 748
    SHARES

  • एमाले अझै बलियो छ, वैशाखी आवश्यक पर्दैन : प्रदीप ज्ञवाली
    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका निम्ति दल दर्ता गरेको छ । निर्वाचन आयोगमा पुगेर एमालेले १० औँ नम्बरमा दल दर्ता गराएको हो ।
     
    अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्र लिएर दल दर्ताका निम्ति महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता कृष्णगोपाल श्रेष्ठलगायत नेताहरू आयोग पुगेका थिए ।
     
    दल दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव ज्ञवालीले चुनावमा आफ्नो पार्टीलाई कुनै गठबन्धनको आवश्यकता नरहेको बताउनुभएको छ ।  एमाले अझै बलियो रहेको जिकिर गर्दै उहाँले कमजोर शक्तिले मात्रै गठबन्धन गर्ने भन्दै गठबन्धन सामर्थ्यको प्रतीक नभएको र बलियोलाई वैशाखीको आवश्यकता नपर्ने बताउनुभयो । 
     
    विचारमा मिश्रित शक्तिबीच सहकार्य गरेर सत्ता गठबन्धनले विचारको स्वस्थकर प्रतिस्पर्धालाई रोकेको ज्ञवालीको टिप्पणी छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट जनताले मुलुकमा एमालेको नेतृत्व स्थापित गर्ने विश्वास रहेको ज्ञवालीले बताउनुभएको छ ।  
     


    मंगलवार, श्रावण २४ २०७९०१:५२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij