Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीन जाँदै

परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीन जाँदै

  • मंगलवार, श्रावण २४ २०७९

  • 420
    SHARES

  • परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीन जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लाग्नु भएको हो ।

    उहाँले भोलि चिनियाँ समकक्षी वाङ यीसँग चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ । शेरबहादुर देउवाको नेतृत्वमा एक वर्षअघि सरकार गठन भएपछि पहिलोपटक चीनतर्फ उच्च तहको भ्रमण हुन लागेको हो ।

    भ्रमणको मुख्य उद्देश्य दुई देशबीच भएका सम्झौता कार्यान्वयन र विश्वमा देखा परेको दोस्रो शीतयुद्धको संकेतकै परिस्थितिबीच निकट छिमेकीलाई विश्वासमा लिएर अघि बढ्न वातावरण बनाउने नै भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता र अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० लाई लिएर चीनले नेपाललाई प्रतिक्रिया दिँदै आएको थियो ।

    एमसीसीलाई संसद्बाट अनुमोदन गरेको नेपालले एसपीपीलाई भने अस्वीकार गर्ने निर्णय गरेको छ । एमसीसी अनुमोदन भएको एक महिना नबित्दै गएको चैतमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपालको भ्रमण गर्नु भएको थियो । यस्तै, गएको असारमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओले नेपालको भ्रमण गर्नु भएको थियो ।


    मंगलवार, श्रावण २४ २०७९०७:५६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij