Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जित्ने आधार र सम्भावना हेरेर उम्मेदवारी प्रस्तुत गर्नुपर्छ : सुरेन्द्र पाण्डे

जित्ने आधार र सम्भावना हेरेर उम्मेदवारी प्रस्तुत गर्नुपर्छ : सुरेन्द्र पाण्डे

  • सोमवार, श्रावण २३ २०७९

  • 713
    SHARES

  • जित्ने आधार र सम्भावना हेरेर उम्मेदवारी प्रस्तुत गर्नुपर्छ : सुरेन्द्र पाण्डे

    काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले निर्वाचनमा जित्ने आधार र सम्भावना हेरेर उम्मेदवारी दिनुपर्ने बताउनुभएको छ ।

    गठबन्धनको मुख्य उदेश्य नै तालमेलबाट उठेका उम्मेदवारलाई जिताउनु रहेकाले कस्ले कहाँ र कसरी उम्मेदवारी दिदा जित्न सहज हुन्छ भन्ने हेरेरै उम्मेदवारी दिनुपर्ने बताउनुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले ‘कांग्रेसमा धेरै साथीहरु हुनुहुन्छ जस्लाई निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने अवस्था छ । सिंगो १५६ क्षेत्रमै हामी(कांग्रेस) ले लडेको भए त अफ्ठेरो थियो भने अब तालमेल गर्दाखेरी केहि छोड्नुपर्ने हुन्छ यसले गर्दा अफ्ठेरो निश्चय नै पर्छ । तर पनि कस्ले कति भन्यो आधा, दुई तिहाई अथवा ६०–७० भन्यो भन्दा पनि तालमेल गर्नुको मुख्य उदेश्य नै निर्वाचनमा तालमेल/गठबन्धनबाट प्रस्तुत गरिएका उम्मदेवारलाई जिाउने हो । टिकट लिनेमात्रै अथवा सिट लिनेमात्रै कुरो हो भने त आ–आफै लडे भइहाल्थ्यो, तर १५६ एक्लै–एक्लै लड्दा निर्वाचनमा जित्न अलि गाह्रो हुने भयो, सहज रुपमा जित्नपर्ने परिस्थिती सिर्जना गर्न गठबन्धन गर्ने हो ।

    आफ्नो दललाई यति चाहिन्छ, उति चाहिन्छ भन्दा पनि कस्ले कति जित्न सक्छ, आधारहरु के हुन् विगतको निर्वाचनको अवस्था कस्तो रह्यो सबै कुरालाई बुझेर मात्रै सिटको माग गर्नुपर्ने समेत नेता पाण्डेको भनाइ छ । यस्तै नेता पाण्डेले सिट बाँडफाँडका विषयमा निश्कर्ष र थप निर्णय पार्टी र गठबन्धनको बैठकले टुङग्याउने बताउनुभयो ।

    तालमेल गर्नु निर्वाचनमा जित्नको लागि भएकाले सबैलाई सिट दिनुभन्दा पनि कस्ले जित्ने सम्भावना आधार के कस्ता छन भन्ने हेरेर सिट दिने स्पष्ट पार्नुभएको छ ।

    यस्तै नेता पाण्डेले फरक प्रसंगमा कांग्रेस यतिबेला निर्वाचनमा कसरी जित्ने र तालमेललाई अगाडि बढाउनेलगायतका नितान्त चुनाव केन्द्र्रित भएकाले भावी प्रधानमन्त्री यसलाई बनाउने भनेर तोक्ने र प्रस्तुत गर्नेबारे कुनै छलफल नभएको स्पष्ट पार्नुभएको छ ।

    कांग्रेसमा प्रधानमन्त्रीका आकाङक्षी धेरै भन्ने समाचारहरु सार्वजनिक भएको बेला नेता पाण्डेले पाए सबैले इच्छा राख्ने र सक्ने आट गर्ने बताउँदै पार्टीमा भने यसबारेमा कुनै पनि छलफल नभएको स्पष्ट पार्नुभएको हो ।


    सोमवार, श्रावण २३ २०७९०७:५३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij