Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने कांग्रेस (बीपी)को निर्णय

सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने कांग्रेस (बीपी)को निर्णय

  • आइतवार, श्रावण २२ २०७९

  • 398
    SHARES

  • सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने कांग्रेस (बीपी)को निर्णय

    काठमाडौं । नेपाली कांग्रेस (बीपी)ले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा प्रदेश तथा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

    सोमबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले सबै निर्वाचन क्षेत्रमा पार्टीको तर्फबाट उमेदवार उठाउने निर्णय गरेको प्रवक्ता शिव सिम्खडाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आम निर्वाचनको सन्दर्भमा केन्द्रीय कार्यालय सञ्चालन गर्न सहमहामन्त्री जगन्नाथ घिमिरेलाई तोकिएको छ । यस्तै बैठकले निर्वाचन परिचालन गर्नका लागि केन्द्र, प्रदेश र जिल्लास्तरमा कमिटीहरु गठन गर्ने निर्णय पनि गरेको छ ।

    बैठकले हालको तरुण दल बीपीको नाम परिर्वतन गरी नेशनल युथ कांग्रेसको नामकरण गरेको प्रवक्ता सिम्खडाले जानकारी दिनुभयो । यस्तै पार्टीको उदयपुर जिल्ला संयोजकमा प्रशान्त कुमार राईलाई मनोनयन गरिएको छ ।


    आइतवार, श्रावण २२ २०७९०५:२२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij